53
Shares
जनकपुरधाम, २६ बैशाख । जनकपुरधाममा पोखरीमा डुबेर एकै परिवारका दुई बालकको मृत्यु भएको छ ।
शनिबार साँझ करिब सवा ७ बजेको समयमा नुहाउने क्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ बस्ने अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरू ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको हो ।
उपमहानगरपालिका वडा नं. २४ बसहिया स्थित गोगल प्रसाद नमुना मावि अगाडि रहेको पोखरीमा दुवै बालक डुबेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वेदप्रसाद गौतमले जनाए ।
प्रहरीले पोखरीबाट निकालेर उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाममा लगे पनि चिकित्सकले बालकहरूलाई मृत घोषणा गरेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन