फर्जी चेक दिने साह निर्माण सेवा विरुद्ध कारवाही गर्ने तयारी

929 Shares

रौतहट, १७ असोज । रौतहटको फतुवा विजयपुर नगरपालिकाबाट खोला जन्य पदार्थको ढुवानी गर्न साह निर्माण सेवा मलंगवाले गरेको सम्झौता अनुसार फर्जी चेक दिएको खुलासा भएका छन् ।
फतुवा विजयपुर नगरपालिकाको स्वामित्व भित्र पर्ने लाल बकैया खोलाबाट ढुंगा, गिटी, बालुवा ढुवानी गर्न साह निर्माण सेवा मलंगवाको प्रोपराइटर नागेन्द्र साहले ठेकदार साहले नगरपालिकालाई न साटिने एक करोड ११ लाख रुपैयाको चेक दिएर फर्जी कार्य गरेको खुलासा भएका हुन् ।
लालबकैया नदीबाट नदीजन्य पदार्थ उठाउन फतुवा बिजयपुर नगरपालिकाबाट आहवान गरिएको बोलपत्र आहवानबाट साह निर्माण सेवाका संचालक साहले सबभन्दा बढी एककरोड ११ लाख रुपैयामा साकार गरेका थिए । टेण्डर साकार गरेपछि ठेकदार साहले दैनिक सैयौं टयाक्टर, दर्जनौ टिपर राखेर ढुंगा, गिटि, मिक्सग्रेभल र बालुवा ढुवानी सुरु गरेको थियो ।
पटक पटक रकमको माग गर्दा ठेकदार नागेन्द्र साहले फतुवा बिजयपुर नगरपालिकाको नाममा एक करोड रुपैयाको चेक दिएको मेयर गोपाल प्रसाद यादवले बताए । नगरपालिकाको तत्कालिन प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले उक्त चेक जम्मा गराउन पटक पटक बैंकमा पठाए तर खातामा रकम जम्मा हुन नसकेको मेयर यादवले जानकारी दिए । बषैभरी नदीजन्य पदार्थ ढुवानी गराएका ठेकदार नागेन्द्र साहले रकम भुक्तानी दिन बिभिन्न बहाना बनाईरहेको देखेर चेक बाउन्स गराएको र नगरपालिकालायृ आर्थिक नोक्सानी पुर्याउने साह निर्माण सेवाले दिएको चेक अनादर मुद्दा गर्ने तयारीमा जुटेको उनले स्पष्ट पारे ।
साह निर्माण सेवा मलंगवाका संचालक नागेन्द्र साहले संग ९८५४०३५७०९ मा सम्पर्क गर्न खोज्दा उहाँले फोन उठाउनु भएन ।
नेकपा नगर कमिटि फतुवा बिजयपुरका अध्यक्ष अजय तिम्मलसिनाले नगरपालिकाबाट टेण्डर लगाइपनि रकम निर्माण व्यवसायीबाट नउठाउनुमा मेयर ठेक्दारको मिलेर नपालाई आर्थिक क्षति पुर्याएको आरोप लगाए । कार्तिक देखी जेष्ठ मसान्त सम्म साह निर्माण सेवाले लालबकैया बाट नदीजन्य पदार्थ ढुवानी गराउँदा कहिलै रोक्का नगर्ने र आर्थिक बर्ष सकेको दुई महिना वितिसकेपछि चेक अनादर मुद्दको कुरो गरेर मेयर गोपाल यादव र ठेकदार साहले जनताको आँखामा छारो हाल्न खाजेको आरोप लगाए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।