install zoom app on my computer download zoom login zoom hoc online pc zoom cloud meeting app download free on pc - zoom cloud meeting app download free on pc zoom.download zoom.us-download airpods mic not working on zoom pc

रौतहटमा ५ जनामा कोरोना संक्रमण, ५४२ जनाले कारोनाको जंग जिते

   २८ जेष्ठ २०७८, शुक्रबार १६:०६  

 

तराई टप संवाददाता
रौतहट, २८ जेठ । रौतहट जिल्लामा पछिल्लो २४ घण्टामा ५ जनामा कोराना संक्रमण पुष्टि भएको छ भने ५४२ जनाले कोरोनाबाट निको भई घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा गौर अस्पतालमा ७० जनाले स्वाव दिएर पिसिआर परिक्षण गराउदा ४ र ४ जनाले एन्टिजेनबाट परिक्षण गराउदा १ जना गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएका हुन् ।
आज सम्ममा जिल्लामा १२६४ जनामा कोरोना संक्रमित पुष्टि भइसकेको तथा ५४२ जना कोरोनाको जंग जितेर निको भईसकेको कोभिड संकट व्यवस्थापन नियन्त्रण समितिको अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । अहिले जिल्लामा ६७१ जना संक्रिय संक्रमितको संख्या रहेको बताए ।
सक्रिय संक्रमितहरु मध्ये ६६५ जना होमआइसोलेसनमा नै रहेको, ५ जना साधारण उपचारमा रहेको र १ जना अन्य जिल्लामा उपचाररत रहेको प्रजिअ यादवले भने । कोरोना संक्रमणबाट बाहिरी जिल्लामा रौतहटको १ जना नागरिकको मृत्यु भएको हुँदा हाल सम्म मृत्यु हुनेको संख्या ११३ पुगेको उनले स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै