56
Shares
जनकपुरधाम, २४ वैशाख । नेपाल विद्युत प्राधिकरणले जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको विद्युत लाइन काटेको छ ।
प्राधिकरणको जनकपुर वितरण केन्द्रले आइतबार दिउँसो पौने २ बजे जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको विद्युत काटेको हो ।
मधेशको ठूलो यो अस्पतालले प्राधिकरणलाई विजुलीवापतको १ करोड २० लाख रुपैयाँ महसुल तिर्न बाँकी रहेका छन् ।
प्रादेशिक अस्पतालले १५ महिना देखि विद्युत महसुल बुझाएको छैन । पटक पटक लिखित मौखिक ताकेता गर्दा पनि अटेर गरेपछि लाइन काटेको प्राधिकरणका वितरण केन्द्र प्रमुख लखन लला मल्लिकले बताए ।
विजुली नहुँदा अस्पतालका कतिपय उपकरण पनि चलेको छैन । कम्तीमा महसुल कहिलेसम्म तिर्ने लिखित प्रतिवद्धता गरे मात्र लाइन जोड्न सकिने वितरण केन्द्र प्रमुख मल्लिकले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन