zoom app lawsuit zoom system requirements for pc minimum pc requirements for zoom www.zoom/download.us download zoom for win guy capuano download zoom patches zoom app instructions pdf otc download zoom

गुजरामा रहेको मुसहर बस्तीको ४ घरको छाना हवाहुरीले उडाए

   २८ जेष्ठ २०७८, शुक्रबार १७:०१  

तराई टप संवाददाता
रौतहट, २८ जेठ । अत्याधिक गतिमा आएको हावाहुरीबाट रौतहटको गुजरा नगरपालिकामा ४ भन्दा बढि घरको छानाहरु उडाएको छ ।
शुक्रवार मध्यान्न १२ बजेको समयमा अत्याधिक गतिमा आएको हावाहुरीले गुजरा नगरपालिका ३ स्थित नयाँ टोलमा खपडा, टायल, खरले छाएको ४ भन्दा बढि घरको छाना उडाएर क्षतिग्रस्त बनाएको हो ।


स्थानीय बासिन्दा विनोद माझीको अनुसार करिव १० मिनेट सम्म चलेको हावाहुरीले गोपाल माझी, शंकर माझी, जोगेन्द्र माझी र चन्देश्वर रामको घरको टायल र खपडाले छाएको छाना उडाएर क्षतिग्रस्त बनाएको छ । १२ घरको खर र बासबाट बनाइएको पर्खालको भित्ताहरु भत्काएर क्षति पुर्याएको उनले बताए ।
दिउसो खाना खाने समयमा हावाहुरी आएकाले मानवीय क्षति नभएपनि स्थानिय गोपाल माझीलाई सामान्य हातमा चोट लागेको उनले भने । गुजरा नगरपालिकाका जंगलसैया, बलुवा लगायत रौतहटका विभिन्न स्थानमा सो हावाहुरीले धेरै प्रभाव पारेको उनले बताउदै वन क्षेत्रमा रुखहरु समेत हावाहुरीबाट ढलेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै