66
Shares
काठमाडौँ, २५ बैशाख । सिटी होटेलले सोमवार देखि सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका बाँडफाँड गरेपछि सर्वसाधारणलाई आईपीओ बिक्री खुलाएको हो ।
कम्पनीले जारी पुँजी १ खर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतका दरले आईपीओ बिक्री खुलाउने निर्णय गरेको थियो । सो अनुसार प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित १६ लाख ७४ हजार कित्ता सेयर बिक्री खुलाएका छन् ।
वैदेशिक रोजगारीमा गएकाहरूलाई १ लाख ६७ हजार ४ सय कित्ता सेयर बिक्री गरिसकेको छ । यस्तै, सामूहिक लगानी कोषलाई ८३ हजार ७ सय कित्ता र कर्मचारीलाई ६६ हार ९ सय ६० कित्ता सेयर बिक्री गरिसकेको छ । यो सेयरमा यही वैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन