घरायसी विवादमा सुनचाँदी पसलका संचालकद्धारा श्रीमती माथि एसिड प्रहार

   जेष्ठ ३०, २०७८  
558 Shares

तराई टप संवाददाता
रौतहट, ३० जेठ । घरायसी विवादमा रौतहटको चन्द्रपुरका एक सुन पससले आफनै श्रीमती माथि एसिड प्रहार गरेको छ ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का ३८ वर्षका दिपिका विक माथि उनकै ४२ बर्षिय श्रीमान दिपक विकले शनिवार साँझ एसिड प्रहार गरेको हो । एसिड प्रहारबाट घाईते भएकी पीडित महिलाकोे एपोलो सिटी अस्पताल चन्द्रपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएका छन् ।
पिडित महिलाको शरिरको करिब १८ प्रतिशत भाग जलेको अस्पतालका प्रबन्ध निर्देशक अमर ठाकुरले बताए । एसिड प्रहारबाट पिडित महिला दिपिकाको देब्रे हात र पेटमा एसिडबाट पोलेको छ ।
शनिबार साँझ ६ बजे सामान्य विवाद हुँदा उहाका श्रीमान दिपकले एसिड आक्रमण गरेको पीडित दिपिकाले बताइन । केही समय सम्म भईरहेको आपसी विवादपछि बाहिर निस्केका श्रीमानले फर्किएपछि बोतलमा ल्याएको एसिड छ्याप्न खोज्दा एसिड खोस्ने प्रयास गर्ने क्रममा हात, पेट र मुखमा एसिड परेको पीडिताले बताइन । श्रीमतिलाई एसिड आक्रमण गर्ने श्रीमान दिपकलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले नियन्त्रणमा लिएको डिएसपी लिलाराज लामिछानेका बताए ।
प्रहरी नियन्त्रणमा दिपकलाई राखेर आवश्यक अनुसन्धान भईरहेको जानकारी दिए । अंशलाई लिएर पछिल्लो केही दिने देखि दुवै जना विच विवाद हुँदै आउदा सुन चाँदी गलाउनमा प्रयोग गरिने एसिडबाट दिपकले आक्रमण गरेको हुन सक्ने आशंका गर्दै बास्तविक कुरा बाहिर ल्याउन प्रहरीले निरन्तर रुपमा अनुसन्धान गरिरहेको डिएसपी लामिछानेले स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै