60
Shares
वीरगञ्ज, २५ बैशाख । वीरगञ्जमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते भएको छ ।
सोमबार बिहान दुर्घटनामा परेका वीरगञ्ज महानगरपालिका वडा नं. ३० लालपर्सा निवासी ३५ वर्षीय गीतादेवी मली र १८ वर्षीय मिथुन मली रहेको हो ।
गीतादेवी र मिथुन सवार ना २४ प ४१५३ नम्बरको मोटरसाइकललाई वीरगञ्ज महानगरपालिका वडा नं.३० लालपर्सा चोकमै पछाडिबाट मधेश प्रदेश ०३ ००१ ख ७६७९ नम्बरको बालुवा लोड टिपरको ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाए ।
दुर्घटनामा परेर दुवैजना गम्भीर रुपले घाइते भएका छन् । दुवैजनाको उपचार नारायणी अस्पतालमा भइरहेको छ ।
टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानको अगाडि बढाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन