युवा समाजसेवी एवं पत्रकार जितेन्द्र दासद्धारा अतिविपन्न लाई राहत प्रदान

   ३० जेष्ठ २०७८, आईतवार १४:२१  

तराई टप संवाददाता
रौतहट, ३० जेठ । दुर्गा भगवती गाउँपालिकाको युवा समाजसेवी एवं पत्रकार जितेन्द्र दासले ५ जना अति विपन्न परिवारलाई चामल, दाल, नुन, खानेतेल, साबुन, सोयाबिन लगायतका खाद्यान्न सामाग्रीहरु वितरण गरेको छ ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ भलोहिया गाउँका अति विपन्न ५ परिवारलाई कोभिड १९ को कारण लगाइएको निषेधाज्ञाको कारण कतै काम गर्न नसक्दा उनीहरुको दैनिक दुई छाकको हातमुख जोड्न निकै गाह्रो भईरहदा सोही गाउँ निवासी समाजसेवी एवं पत्रकार दासले खाद्यान्न सामग्री उपलब्ध गराएर मानविय धर्म निर्वाह गरको हो ।
पत्रकार दासले दसरथ महतो, हरी दास, बंसी महतो, किशोरी पाण्डे र विनोद मण्डल गरी पाँच परिवारलाई चामल, दाल, नुन, खानेतेल, साबुन, सोयाबिन लगायतका खाद्यान्न सामाग्रीहरु राहत प्रदान गरेका छन् । युवा समाजसेवी दास आएर आफ्नो पिर मर्का बुझि राहत दिएकोमा ६० वर्षिय पाण्डेले बउवा जितेन्द्र जुग जुग जियो भने आसिर्वाद दिए ।
ठुलो ठुलो सहयोग दिने संघ संस्था भन्दा आफ्नै गाउँको छोरोले आएर आफ्नो छाक पुरा गरिदिएकोमा धन्यावाद दिदै वडा नं. २ निवासी दसरथ महतो भावुक भएका थिए । स्थानिय युवा पवन गुप्ता, विनदेश्वर महतो, देवनाथ महतो, शिवनाथ महतोले युवाको यो सानो योगदानलाई भुल्न नसकिने भन्दै धन्यवाद दिए ।
युवा दासले आफु जन्मेको ठाउ र समाजको लागि यो सानो सेवा भएको र आगामी दिनमा गाउँ प्रति अझै सेवा भाव राख्दै समर्पित हुने कुरा व्यक्त गरे । निषेधाज्ञाको कारण ‘दैनिक ज्यालादारी गरी जीविका चलाउनेलाई मर्नु न बाँच्नु भएको छ ।’ स्थानीय प्रशासन र स्थानीय तहको ध्यान अस्पताल बेड र अक्सिजनमा सिमित रहेको छ भने मेरो ध्यान अतिविपन्न, गरिब माथि रहेको कुरा बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै