54
Shares
काठमाडौं, २५ वैशाख । सरकारले विभिन्न अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत १२ अर्ब आन्तरिक ऋण परिचालन गरेर उठाउने भएको छ ।
नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले सोमबार ३० अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ ।
जसमध्ये १८ अर्ब १८ करोड नवीकरणका लागि बोलकबोल हुनेछ भने १२ अर्ब रुपैयाँ नयाँ ऋण परिचालन गर्न बोलकबोल हुन लागेको हो ।
२८ दिन अवधिको ३ अर्ब, ९१ दिन अवधिको ७ अर्ब १० करोड, १८२ दिन अवधिको ६ अर्ब र ३ सय ६४ दिन अवधिको २ अर्ब ८ करोड बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गर्न लागिएको केन्द्रीय बैंकले जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन