सर्लाही, २६ वैशाख । सर्लाही बलरा नगरपालिकाका आगलागी पिडितलाई जनमत पार्टीको जिल्ला ईन्चार्ज श्रीचन यादवले ५० हजार बराबरको राहत सहयोग गरेको छ ।
बलरा नगरपालिका वार्ड न. ११ छतौनामा सोमवार बिहान विद्युत सर्ट भई आगलागी हुदाँ स्थानिय गाजा सहनीको घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो । जनमत पार्टीका जिल्ला ईन्चार्ज यादवले पिडित परिवारको घरमै गएर दाल, चामल र त्रिपाल लगायतका खाधान्न सामग्री वितरण गरेका हुन ।
घर पूर्ण रुपमा जलेर नष्ट भएपछि सहनी परिवारको बिच्चली भएको छ । उनिहरु अहिले अरुको घरमा शरण लिएर बस्दै आएका छन । उनिहरुलाई भोकै बस्नु नपरोस भनेर आफनो व्यक्तिगत खर्चमा ५० हजार बराबरको राहत सहयोग गरेको यादवले बताए । पिडित परिवारको थप आर्थिक सहयोग र घर निर्माणका लागि समेत सम्बन्धित निकायमा पहल गरिने प्रतिबद्वता जनाए ।
सहनीको घरबाट सुरु भएको आगोले छिमेकीका दुईवटा घरमा समेत क्षति भएको थियो । आगलागीबाट सहनीको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने अन्य छिमेकीका दुईवटा घरमा आंशिक क्षति भएको प्रत्यक्षदर्शी स्थानिय सुखारी मण्डले जानकारी दिए ।
घरभित्र रहेका सम्पूर्ण लत्ताकपडा, कागजपत्र, भाँडाकुँडा लगायत सम्पूर्ण खाद्यान्न सामग्री जलेर नष्ट भएका थिए । आगलागीमा परि घरधनी सहनी सामान्य घाइते भएको र उहाँको अहिले धुलिखेल अस्पतालमा उपचार भईरहेको पिडित परिवारले जनाएको छ ।
आगलागीबाट करिव १५ लाख बराबरको क्षति भएको बताइएको छ ।
आइतवार पनि बहरथावा र धनकौलमा पनि आगलागी भएको थियो । २० वटा स्थानिय निकाय रहेपनि हाल मलंगवा र हरिवन नगरपालिकामा मात्रै वरुण यन्त्र संचालनमा रहेको हुँदा हावाहुरीको समयमा एकैसाथ हुने आगलागीलाई नियन्त्रण गर्न बारुण यन्त्रलाई हम्मे हम्मे परिरहेको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन