धनकौल(सर्लाही), २६ वैशाख । मेची महाकाली बुहारी संयूक्त आवाजको धनकौल गाउँपालिकाको संयोजकमा सरस्वती महतो चयन भएको छ ।
लालबन्दी नगरपालिका वार्ड न. ६ स्थित एभरेष्ट होटेलको सभा हलमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा महतोलाई धनकौल शाखाको संयोजकको जिम्मेवारी दिइएको हो ।
धनकौल गाउँपालिकाको जिम्मेवारी दिएकोमा मेचि महाकाली परिवारलाई धन्याद दिदै महतोले महिला तथा बालबालिका विरुद्व निरन्तर काम गर्ने बताईन । महिलालाई घरको कामकाजमा सिमित राख्ने प्रवृत्तिका कारण महिलाहरु अन्य क्षेत्रमा पछाडी परेको उहाँले टिप्पणी गरिन ।
अहिले पनि तराई मधेसमा शिक्षित तथा पढेलेखेका परिवारका महिलाहरुले समेत परिवारको ईज्जत प्रतिष्ठा तथा सम्मानको रक्षा नाममा सपना र चाहनाको बलि दिनुपर्ने बाध्यता रहि आएका छन, उनले भनिन । महिला विरुद्वको विकृति र कुशसंस्कार निर्मूल पार्न महिलाहरुलाई अगाडी आउनु पर्नेमा जोड दिइन् ।
धनकौल गाउँपालिका वार्ड न. ५ हरकठवा निवासी महतो जिल्लामा विद्यमान रहेको दाईजो प्रथा विरुद्व अभियानमा सक्रिय भएर आवाज उठाउदै महिला तथा बालबालिका विरुद्वको कुनै पनि हिंसाको क्रियाशिल भएर काम गर्दै आएकी छिन । महतो विभिन्न गैरसरकारी तथा सरकारी संस्थाहरुमा आबद्व भएर दाईजो प्रथा अन्त्य गरिनुपर्छ भनी निरन्तर अभियानमा छिन ।
त्यस्तै जिल्ला संयोजकको जिम्मेवारी कार्यसमितिका पूर्व सहसचिव सानु पाख्रिनलाई दिइएको मधेस प्रदेशका सह संयोजक रम्मा काफले जानकारी दिईन । मेचि महाकाली बुहारी संयूक्त आवाजको केन्द्रिय अध्यक्ष यमु शर्मा शुब्बा, केन्द्रिय अध्यक्ष मुगु जिल्लाका बालबालिकाहरुका लागि ५ लाखको बराबरको न्यानो झोला र स्टेशनरी सामग्री वितरणका लागि सर्लाहीबाट मुगुका लागि प्रस्थान गरेको मेचि महाकाली बुहारी संयूक्त आवाज, सर्लाहीले जनाएको हो ।
मेचि महाकाली बुहारी संयूक्त आवाजको मधेस प्रदेश सहसंयोजक रमा काफलेको अध्यक्षतामा सम्पन्न भएको थियो । केन्द्रिय उपाध्यक्ष चन्द्रा काफले, केन्द्रिय सल्लाहाकार सूर्यहरि मराठा, मधेस प्रदेशका पर्सा बाहेका ७ वटै जिल्ला कार्यसमिति सदस्य, मकवानपुर र ओखलढुंगाका सदस्य सहित सर्लाही जिल्ला कार्यसमितिका सदस्यहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन