काठमाडौँ, २७ बैशाख । ‘स्वास्थ्य मन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार’ वितरण गरिने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘स्वास्थ्य मन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार’ को लागि आवेदन माग गरेको हो ।
विश्व धूम्रपानरहित दिवसको अवसरमा ३१ मे मा स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य कर कोषको सचिवालयले सो पुरस्कार प्रदान गर्न लागेका छन् ।
सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण र नियमनमा योगदान पु¥याउने व्यक्ति, सङ्घ–संस्था, कानुन कार्यान्वयन गर्ने निकाय र ती निकायमा कार्यरत कर्मचारी मध्येबाट उत्कृष्ट ६ जनालाई पुस्तकार प्रदान गरिने सचिवालयले जनाए ।
निकायमा कार्यरत कर्मचारीबाट आफूले पु¥याएको योगदानको विवरण सहित जेठ ५ गते भित्र स्वास्थ्य कर कोषको सचिवालय वा स्वास्थ्य कर कोषको सचिवालयको इमेल ठेगानामा आवेदन दिन समेत मन्त्रालयले आग्रह गरेका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन