76
Shares
काठमाडौं, २७ बैशाख । ‘कमेडी च्याम्पियन’ फेम्ड विक्की अग्रवाल र अभिनेत्री श्रद्धा प्रसाईंको विवाह समारोह यतिबेला आर्मी अफिसर्स क्लबमा भइरहेको छ ।
विवाहमा परिवार, आफन्त र उनीहरु निकट कलाकर्मी सहभागी रहेका छन् ।
कमेडी च्याम्पियनमा विक्कीसँगै प्रतिस्पर्धा गरेका कलाकार विवाहमा उपस्थित रहेका हुन् । कमेडी च्याम्पियनका निर्देशक समेत रहेका सञ्चारकर्मी विशाल भण्डारी, कमेडी कलाकारहरु सुमन कार्की, भरतमणि पौडेल, प्रभात लामा, मेक्सम गौडेल लगायत कमेडियन जन्ती पुगेका छन् ।
आज बेलुकामा प्रीतिभोजको आयोजना गरिएको छ । रिसेप्सन पार्टीमा पनि कलाकार र साथीभाइलाई निम्तो दिइएको हो ।
गत मंसिरमा यी दुबै जना इन्गेजमेन्ट गरेका थिए । कमेडी च्याम्पियनको बेलादेखि नै यो जोडी अफेयरमा थियो ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन