70
Shares
सप्तरी, २७ बैशाख । सप्तरीमा १३ वर्षीया नाबालिक बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई बुधबार १८ वर्ष कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले राजविराज नगरपालिका वडा नं. १२ विषहरियाका २१ वर्षीय कुलदीप कुुमार खंगलाई १८ वर्ष कैद सजाय सुनाएको सप्तरी जिल्ला अदालतले जनाएको हो ।
आरोपितले ७ लाख जरिवाना तिर्नुपर्ने र १ लाख ५० हजार पीडितलाई क्षतिपूर्ति दिनुपर्ने समेत फैसला भएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताए ।
आरोपितले २०७९ मङिसर १ गते राति बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । आरोपितले ललाइफकाई छिन्नमस्ता गाउँपालिका वडा नं.६ लोखरममा बलात्कार गरी फरार भएको पीडितले बताएकी छिन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन