54
Shares
काठमाडौं, २७ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किराना पसल वा होलसेल पसलमा सुर्ती जन्य सामग्रीको मूल्य उल्लेख गरिएको पोष्टर राखेमा कारबाही गर्ने भएको छ ।
मन्त्रालय एक सूचना जारी गर्दै बिक्री स्थलमा आफ्नो कम्पनीको नाम र दररेट सहितको मूल्यसूची राखेर विज्ञापन बन्द गर्न निर्देशन दिएको हो ।
अंकित मूल्य पोष्टरमा टाँसिएको पाइएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा १ सय ७६ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम सजाय र जरिवाना गर्ने जनाए ।
विज्ञापन हुने गरी टाँस गरिएका चुरोट, बिडी, गुटखा आदिका मूल्य सूची उल्लेखित पोष्टर वा वालचार्ट टाँस नगर्न र टाँस गरेको भएमा तुरुन्त हटाउन निर्देशन गरिन्छ’ मन्त्रालयले बुधबार जारी गरेको सूचनामा भनेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन