तराई टप संवाददाता
मत्सरी (रौतहट), ३० जेठ । कोभिड–१९ नयाँ भेरियन्टको दोश्रो लहरमा जोखिममा रहेका नागरिकहरुलाई पालिका भित्रै समुचित रुपमा उपचार गर्न उपयोगी होस भन्ने उद्देश्यबाट रेव्ची इन्टरनेशनल प्राली काठमाण्डौले अक्सिजन सिलिण्डर सहितको स्वास्थ्य उपकरणहरु दुर्गा भगवती गाउँपालिकालाई आईतवार हस्तान्तरण गरिएको छ ।
रेव्ची इन्टरनेशनल प्राली काठमाण्डौका प्रबन्ध निर्देशक धर्मेन्द्रकुमार झाले पठाएको अक्सिजन सिलिण्डर सहितको स्वास्थ्य उपकरण सहितको सामग्री आईतवार दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरी झा निवासमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष अरुणकुमार साह र वडाध्यक्ष डिके भन्न धर्मेन्द्रकुमार झालाई हस्तान्तरण गरिएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र गंगापिपरालाई ४० लिटरको ठूलो अक्सिजन सिलिण्डर ५ थान, अक्सिजन कन्सेक्टर १ थान, वडा नम्वर ३ मत्सरी स्वास्थ्य चौकीलाई १० लिटरको अक्सिजन सहित सिलिण्डर ५ थान र अक्सिजन कन्सेक्टर १ थान तथा वडा नम्वर ३ मत्सरीका जनताहरुलाई २० हजार सर्जिकल मास्क र हैण्डवास सोप २४ सय थान वितरण गरिएको प्रदीप झाले जानकारी दिए ।
कोभिड महामारीको समयमा दुर्गा भगवती गाउँपालिका भित्रको नागरिकलाई बाहिर उपचार गराउन जान नपरोस भन्ने उद्देश्यका साथ दुर्गा भगवती मत्सरी निवासी एवं रव्ची इन्टरनेशनल प्रालीको प्रबन्ध निर्देशक झाले उक्त सामग्री पठाएर उपलब्ध गराउदा खुशी लागेको बताउदै पालिका अध्यक्ष अरुणकुरार साहले आउदो दिनहरुमा स्वास्थ्य उपकरणहरु उपलब्ध गराएर पालिकाको बासिन्दाहरुलाई बाहिर उपचार गरान जान नपरोस उनले धारण राखे ।
वडाध्यक्ष धर्मेन्द्रले कोभिडको समयमा वडावासीले उपलब्ध गराएको स्वास्थ्य सामग्री प्रति आभार व्यक्त गर्दै मत्सरीपुत्र राजावावुले आउदो दिनहरुमा यहाँको स्वास्थ्य केन्द्रहरुलाई उच्च स्थानमा पुयाउने विश्वास व्यक्त गरे ।
दुर्गा भगवती गाउँपालिकाको समाजसेवी एवं युवा नेता शम्भु सिंहले यसै समाजको छोरा काठमाण्डौमा आफनो व्यापार व्यवसाय चालउदै कोभिडमा व्यापार धारासायी भएपनि कोभिडमा मानविय धर्मलाई सर्वोपरी राखेर अक्सिजन सहितको सिलिण्डर एवं स्वास्थ्य सामग्री र उपकरण उपलब्ध गराएकोमा धन्यवाद दिए ।
नेपाली काँग्रेसका नेता रौतहट क्षेत्र नम्वर १ (क) निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका एवं कुशल निर्माण व्यवसायी नागेन्द्र साहले कोरोना जस्तो महामारीबाट चपेटामा परेका नागरिकहरुलाई अक्सिजनको विना उपचार नहुँदा यहाँबाट बाहिर जानुपर्ने अवस्था थिए तर आज अक्सिजन सिलिण्डर वितरण गरेको निकै राम्रो कार्य रेव्ची इन्टरनेशनले गरेकोमा आभार प्रकट गरे ।
झा निवास मत्सरीमा सम्पन्न भएको अक्सिजन सिलिण्डर सहितको स्वास्थ्य उपकरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रौतहटको प्रतिनिधिको रुपमा रहनु भएको मत्सरी निवासी विनयकुमार झा, नेपाली काँगे्रसका महासमिति सदस्य एवं मत्सरी निवासी श्यामचन्द्र झा, जिल्ला समन्वय समितिको सदस्य एवं स्थानीय अशोककुमार झा (पप्पु), विश्व हिन्दु संघ नेपालके प्रतिनिधि एवं स्थानीय भाग्यनारायण मिश्र, सेवानिवृत इन्जिनियर एवं स्थानीय श्यामचन्द्र मिश्र, साइन्टीष्ट एवं स्थानीय विनयकुमार मिश्र, वडा नम्वर ५ का अध्यक्ष धर्मनाथ चौधरी, प्रविण झा, दिपेन्द्र झा, स्वास्थ्यकर्मीद्धय सतिशचन्द्र झा, विरेन्द्र साह र कृष्णचन्द्र मिश्र, वरिष्ठ पत्रकार स्तम्भकार तथा स्थानीय श्रीमननारायण मिश्र उद्योगी एवं स्थानीय बासी रामभरोस झा, राजन साह, सहितका स्थानीय समाजसेवी, वुद्धिजिवी, नागरिक समाज, गैर सरकारी संघसंस्थाहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको धर्मेन्द्र झाको दाई एवं मानवअधिकारकर्मी प्रदीप झाले जानकारी दिए ।