काठमाडौं, २८ वैशाख । इन्डियन प्रिमियर लिगमा बुधबार भएको खेलमा चेन्नाई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २७ रनले हराएको छ ।
१२ खलेमा सातौं जित हात पारेको चेन्नाई १५ अंक सहित दोस्रो स्थानमा रहेको हो । चेन्नाईले लिगमा अब बाँकी दुई मध्ये एक खेल जिते पनि प्लेअफ पुग्नेछ ।
सातौं हार बेहोरेको दिल्ली ११ खेलबाट ८ अंक सहित अन्तिम स्थानमा रहेका छन् र प्लेअफको सम्भावना लगभग सकिएका हुन् ।
चेन्नाईको घरेलु मैदान एमए चितम्बरम स्टेडियममा भएको खेलमा १ सय ६८ रनको लक्ष्य पछयाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन मात्र बनाउन सक्यो ।
दिल्लीका लागि राइले रुसोले सर्वाधिक ३५ रन बनाउँदा मनिस पाण्डेले २७ र अक्षर पटेलले २१ रन बनाए ।
चेन्नाईका लागि मथिशा पिथरनाले ३ तथा दिपक चाहरले २ विकेट लिए । रविन्द्र जडेजाले १ विकेट लिए ।
त्यस अघि घरेलु मैदान टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले ८ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन