मोटरसाईकल दुर्घटनामा परेर पूर्व अध्यक्ष झा घाईते

रौतहट, १७ असोज । मोटरसाइकल दुर्घटनामा परेर नेपाल पत्रकार महासंघ रौतहट शाखाको पूर्व अध्यक्ष घाईते भएको छ ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व अध्यक्ष प्रेमचन्द्र झा माण्डवीको कार्यक्रममा समावेश हुन शनिवार इशनाथ नगरपालिका तर्फ जाने क्रममा लाल बकैया नदीको बाधबाट तल तर्फ जाने क्रममा दुर्घटनामा पर्नु भएको हो ।
पुर्व अध्यक्ष साहको देव्रे खुट्टाको पैतालाको दई स्थानको हड्डी भाँचिएको छ । जिल्ला अस्पताल गौरमा झाको उपचार भएको र कच्चा प्लाष्ट पछि घर फर्किनु परेको नेपाल पत्रकार महासंघ रौतहटको कार्यसमिति सदस्य संजय सहनीले जानकारी दिए ।