ut zoom download requirements for zoom on pc install zoom in windows 10 s mode zoom meeting free download for windows 10 - zoom meeting free download for windows 10 download zoom hack app - apphax icon zoom app

दुर्गा भगवतीको एकै परिवारमा ८ जना सदस्य कोरोना संक्रमित

   ३० जेष्ठ २०७८, आईतवार १९:५८  

तराई टप संवाददाता
रौतहट, ३० जेठ । दुर्गा भगवती गाउँपालिकाको एकै घरका ८ जना सदस्यलाई कोरोना पोजेटिभ रिपोर्ट आएको पुष्टि भएको छ ।
रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ भलोहियाको पाण्डे थर भएको एक जनाको परिवारको ८ जना सदस्यलाई कोरोना पोजेटिभ भएको पुष्टि जिल्ला प्रशासन कार्यालय रौतहटले गरेको हो ।
जिल्ला सदरमुकाममा रहेको गौर अस्पतालको ल्यावमा आईतवार ४० जनाले दिएको स्वावलाई पिसिआर पद्धतीबाट परिक्षण गर्दा ८ जनालाई कोरोना भएको र ३२ जनालाई कोरोना नभएको तथा एन्टिजेन पद्धतीबाट १ जना गरी ९ जनालाई कोरोना भएको जिल्ला प्रशासन रौतहटद्धारा जारी पत्रमा उल्लेख गरिएको छ ।
पिसिआरबाट पुष्टि भएका आठै जना दुर्गा भगवती २ भलोहिया बस्ने एक घरका सदस्यहरु रहेको बुझिएको छ । सात दिन अघि उक्त घरका युवकको कोरोनाबाट विरगंजमा मृत्यु भएका थिए । मृतकलाई अंतिम संस्कार गर्न परिवारलाई शव जिम्मा लगाए, परिवारका सदस्यहरु शव लिई अन्तिम संस्कार गर्न दुर्गा भगवत स्थित वागमती नदीमा एम्बुलेन्सबाट लगिए तर परिवारका सदस्यहरु प्लाष्टि च्यातेर मुख हेरेको र विस्तारै विसन्चो हुन लाग्दा परिवारका सदस्यहरु आज गौर गएर परिक्षण गराउदा ८ जना कोरोना पोजेटिभ भएको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले एकै परिवारका ८ जनामा कोरोना पुष्टि हुने निकै हामी निकै गम्भीर भएका छौं, नेपाल सरकारको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जारी गरेको कोभिड स्वास्थ्य मापदण्डको उलंघन भएको हुँदा यस्तो रिपोर्ट आएको हुन सक्ने आशंका व्यक्त गर्दै कोरोना पुष्टि भएका ति परिवार संग अहिले सम्पर्क नराख्न स्थानीय बासिन्दाहरु सचेत हुन आग्रह गरे । साथै ति परिवारका व्यक्तिहरु घर बाहिर नस्किन सुरक्षा प्रबन्ध आजै पुरा गरिने उनले स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै