63
Shares
काठमाडौँ, २८ बेशाख । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली मोबाइल बिक्रीको विज्ञापन राखी ठगी गर्ने एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ परेका धनुषाका आदित्य कर्णले विभिन्न मोडेलका मोबाइल सेट किन्नको लागि सम्पर्कमा आएका व्यक्तिलाई पोखरा, चितवन लगायतका स्थानमा मोबाइल पसल छ भनी कुरियर माध्यमबाट मोबाइल डेलिभरी गरी पठाइदिन्छु भन्दै रकम ठगी गरेका थिए ।
उनले यसरी झुक्यानमा पारी अर्डर बमोजिमको मोबाइल उपलब्ध नगराई १५ जनाबाट ४ लाख ८५ हजार ठगी गरेको उजुरी परेको थियो ।
उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन