ललितपुर, २८ बैशाख । ललितपुर स्थित नख्खु कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी रहेको छ । १ हजार २ सय क्षमताको कारागार भए पनि हाल पुर्पक्षको लागि थुनामा राखिएको र जेल चलान भएका गरी १ हजार ५ सय ७ जना रहेको हो ।
क्षमताभन्दा बढी भए तापनि हाललाई अन्य कारागारको जस्तो नख्खु कारागारमा व्यवस्थापनको समस्या नरहेको कारागार प्रशासक कल्पना घिमिरेले जानकारी दिइन् ।
उनका अनुसार आगामी दिनमा हालको संख्याभन्दा बढी कैदीबन्दी थपिएमा व्यवस्थापनमा समस्या हुन सक्नेछ । हाल नख्खु कारागारमा ६ सय ९५ पुर्पक्षका लागि थुनामा राखिएकामा ४५ विदेशी नागरिक रहेका छन् ।
त्यसैगरी, ८ सय १२ कैदीबन्दी मध्येमा ५७ विदेशी नागरिक रहेका हुन्् । कैदीबन्दी रिहाइ हुने र अदालतको फैसला अनुसार चलान हुने भएकाले यो सङ्ख्या प्रत्येक दिन फेरबदल हुने कारागार कार्यालयका घिमिरे जानकारी दिए ।
कारागारभित्र खेलकूद लगायत अन्य विभिन्न सेवासुविधा सरकारले उपलब्ध गराउँदै आएको र कैदीबन्दी बिरामी परेमा उपचारको व्यवस्था रहेको प्रशासक घिमिरेले बताइन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन