57
Shares
धनगढी, २९ बैशाख । सडक निर्माण भएको भन्दै सडक अवरुद्ध पारिएको छ ।
कैलालीको धनगढी–दिपायल फास्ट टर्याक अन्तर्गत गोदावरी नगरपालिकाको स्याउलेमा सडक अवरुद्ध गरिएको हो ।
सडक निर्माणको जिम्मा लिएको खडका कृष्ण जेबी निर्माण कम्पनीले निर्माणाधीन सडक धुलाम्मे हुँदा पनि त्यसको व्यवस्थापनमा ध्यान नदिएको भन्दै अवरुद्ध गरेका छन् ।
स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले सो सडकमा दिनहुँ सयौँ गाडीहरू गुडने र सडक धुलोले गर्दा आफूहरूको व्यापार व्यवसाय चौपट भइरहेको र सडक आसपासको स्थानीयलाई बस्न पनि गाह्रो भएको बताए ।
धुलो नियन्त्रण नहुँदा सम्म सडक अवरुद्ध गर्ने बताउँदै उनले स्कुल बस, एम्बुलेन्स लगायतका इमरजेन्सी सवारी साधनहरू भने सञ्चालन हुन नदिइने बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन