जनकपुरधाम, २९ बैशाख । गाँजा सेवन गर्ने विषयमा विवाद हुँदा जनकपुरमा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वड नं. ७ बस्ने २४ वर्षीय मोहम्मद गुलाम मन्सुर भन्ने रवानी मन्सुर रहेको हो ।
धनुषा प्रहरीका अनुसार मन्सुर मंगलबार राति १ बजे छतबाट लडेर घाइते भएका थिए । प्रादेशिक अस्पताल जनकपुरधाम ल्याउँदा उपचारको क्रममा बुधबार बिहान ११ बजे मृत्यु भएको थियो ।
प्रहरी अनुसन्धानको क्रममा घटना शंकास्पद देखेपछि मृतका ४ जना साथीलाई नियन्त्रणमा लिएको ४ जनामध्ये २ जनालाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं.७ जानकीनगर बस्ने २० वर्षीय अनुज तिवारी, २५ वर्षीय जियाउल राईन, वडा नं. ८ बस्ने ३१ वर्षीय राजकुमार साह र नगराईन नगरपालिका वडा नं. २ बस्ने २१ वर्षीय जितेन्द्र कुमार मण्डललाई प्रहरीले पक्राउ गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन