एसिड आक्रमणको शिकार बनेकी दिपीका विक तर्फ बढे सहयोगी हात

   ३१ जेष्ठ २०७८, सोमबार १६:१०  

तराई टप संवाददाता
रौतहट, ३१ जेठ । आफनै श्रीमानद्धारा एसिड आक्रमणको शिकार बनेकी दिपिका विकलाई तिन जना समाजसेवीले सहयोगी हात अघि बढाएको छ ।
एसिड आक्रमणबाट घाईते बनेकी विकलाई घरजग्गा व्यवसाय गर्दै आएको चन्द्रपुर निवासी देवेन्द्र अर्यालले २१ हजार, महिला अधिकारकर्मी देवकी नेपालले अस्पतालमा अहिले सम्म खर्च भएको नगद १० हजार र मेचि महाकाली वुहारी संयुक्त आवाज समुहकी प्रदेश २ को संयोजक पुजा पाठक तिमलसिनाले एम्बुलेन्स भाडा वापतको रकम सहयोग गरेको पिडित विकले जानकारी दिएको हो ।
चन्द्रपुर ४ निवासी सुनचाँदी पसल गरेका व्यवसायी ४२ बर्षिय दिपक विकले पारिवारिक झै झगडाको कारण ३८ बर्षिय श्रीमती दिपिका माथि शनिवार साँझ ६ बजेको समयमा एसिडबाट आक्रमण गर्दा उनी घाईते भएका थिए । पिडिता विकको हाथ, पेट र मुखमा एसिडले डढेको हुँदा उनको चन्द्रपुर स्थित एपोलो सिटीमा उपचार भईरहेपनि समुचित उपचारको लागि काठमाडौंको किर्तीपुर स्थित अस्पतालमा सोमवार रेफर गरिएको छ ।
एसिड आक्रमणमा परेर घाइते भएकी विकलाई उपचार गर्नमा केही सहयोग भएपनि राहत होस् भनेर आफुहरुले सो सहयोग गरेको उनीहरुले बताए । मानिस भएर एक–अर्कालाई दुःखमा सहयोग गर्नु नै मानविय धर्म भएको महिला अधिकारकर्मी नेपालले भनिन ।
महिला माथि हुने अन्याय अत्याचारको विरुद्वमा लगातार लागि परेका महिलाकर्मी द्वय नेपाल र पाठकले आफुहरु दिपिकालाई न्याय दिलाउने र जघन्य अपराध गरेका श्रीमान दीपकलाई कडा भन्दा कडा कारवाही गराउन यथोचित पहल गर्ने बताइन । सामान्य विवाद पछि बाहिर निस्केका श्रीमान फर्किएर आउँदा पछाडी बोतलमा लुकाएर ल्याएको एसिड छ्याप्न खोज्दा उनले देखेर खोस्ने क्रममा हाथ, पेट र मुखमा परेको पीडित दिपिका ले बताइन् ।
घटना भए लगतै प्रहरीले घाईते दिपिकाकी श्रीमानलाई नियन्त्रणमा लिए । जिल्ला अदालत गौर बाट सोमवार ८ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान एवं कारवाहीको प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै