विपश्यना केन्द्रमा ध्यान गर्न आएका आमिर खान भारत फर्किएका

   २९ बैशाख २०८०, शुक्रबार १५:३१  

काठमाडौं, २९ बैशाख । बुढानीलकण्ठ स्थित विपश्यना केन्द्रमा ध्यान गर्न आएका बलिउड अभिनेता आमिर खान भारत फर्किएका छन् ।
गत आइतबार काठमाडौं आइपुगेका उनी शुक्रबार बिहान १०.५० बजे इण्डिगो एयरलाइन्सबाट मुम्बई प्रस्थान गरेका हुन् ।
शुक्रबार बिहान साढे ८ बजे उनले ध्यान केन्द्र छाडेर निस्किएको उक्त केन्द्रका एक कर्मचारीले बताए । आफ्ना नजिकका साथी राजीव लुथ्राको निधन भएपछि आमिर बीचमै ध्यान–साधना छाडेर गएको र पछि आउँदा ध्यान शिविरमा पूरा समय बस्ने बताए ।
‘उहाँ साढे ८ बजे नै यहाँबाट निस्कनु भएको हो । यति चाँडै किन निस्कनुभयो, त्यो कारण थाहा भएन,’ केन्द्रका कर्मचारीले भने ।
विपश्यनाको नियमानुसार १० दिन नियम पालना सहित ध्यान गर्नुपर्छ । आमिरले पनि सोही अवधिसम्म ध्यान गर्ने बताइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै