110
Shares
काठमाडौँ, २९ बैशाख । शुक्रबारदेखि नेपाली फिल्म ‘हल्कारा’ प्रदर्शनमा आएको छ ।
फिल्ममा महेश त्रिपाठी र बिनिता थापा मगरको मुख्य भूमिका रहेको हो ।
त्यस्तै, शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, स्वर्गीय दीपक क्षेत्री लगायतको फिल्ममा अभिनय रहेका छन् । प्रदर्शनपूर्व काठमाडौंमा फिल्मको प्रिमियर गरिएको थियो । प्रिमिएरमा फिल्मले उत्कृष्ट प्रतिक्रिया बटुलेको छ ।
फिल्मबाट अमेरिकामा आयोजित वल्र्डफेस्ट हयुस्टन इन्टरनेशनल फेस्टिभलमा महेश त्रिपाठीलाई उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीलाई उत्कृष्ट सिनेमाटोग्राफी अवार्ड दिलाउनुको साथै उत्कृष्ट फिल्मको अवार्ड पनि जितेको थियो ।
कालीपार स्टुडियोले आइसफल प्रोडक्सनको सहकार्यमा निर्माण गरेको फिल्ममा अभिनेता महेश हुलाकी (हल्कारा) बनेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन