चितवन, २९ बैशाख । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ मा दादुरा रोग विरुद्धको खोप दिन लागिएको छ ।
गाउँपालिकामा दादुराका बिरामी भेटिएसँगै खोप लगाउने तयारी गरिएको हो । इच्छाकामना गाउँपालिका वडा नं ६ मा दादुरा रोग देखिएका छन् ।
स्वास्थ्य कार्यालयका अधिकृत जयराम दुबाडीका अनुसार इच्छाकामना गाउँपालिकामा ५ वर्ष र १२ वर्षका बालबालिकामा यो रोगको सङ्क्रमण देखिएका हुन् । सङ्क्रमण देखिएसँगै जेठको पहिलो साता खोप लगाउने तयारी गरिएको उनले जानकारी दिए ।
ज्वरो आउनु र शरीरमा राता बिमीरा देखापर्नु दादुरा रोगका प्रमुख लक्षण हुन् । यसका साथै रुघाखोकी, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्नेजस्ता लक्षण पनि देखिन सक्ने उनले बताए ।
रोगीको सम्पर्कमा आएको १०–१२ दिनपछि मात्र दादुराको लक्षण देखापर्ने गर्दछ । सङ्क्रमित व्यक्तिलाई ४ दिन अगाडिदेखि र डाबर देखापरेको ४ दिनपछिसम्म अर्को व्यक्तिमा सर्न सक्दछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन