कोरोना विरुद्धको कोभिसिल्डको दोश्रो डोज उत्साहपूर्वक नागरिकहरु खोप लगाए

604 Shares

तराई टप संवाददाता
रौतहट, २ असार । कोरोना विरुद्धका कोभिसिल्डको दोश्रो खाप लगाउनुपर्नेहरु सदरमुकाम गौर स्थित नेपाली सेनाको वृदल गण खोप केन्द्रमा उत्साहपूर्व नागरिकहरु उपस्थित भई खोप लगाएको छ ।
गत फागुन महिनामा कोभि सिल्डको पहिलो खोप लगाएकाहरु दोश्रो डोजको लागि लामो समयको पर्खाईपछि जिल्ला कोभिड संकट नियन्त्रण व्यवस्थापन समितिको पहलमा नेपाली सेनाको वृदल गण खोप केन्द्रमा उपस्थित भई दोश्रो डोज वापतको खोप लगाएको हो ।
जिल्लाको १८ वटै पालिकाको नागरिकहरु पहिलो डोज लगाइसकेकाहरु आ आफनो कार्ड बोकी आएकाहरुलाई गत जेठ ३१ गते देखि लिएर असार २ सम्ममा खोप लगाउन स्थानीय प्रशासनले सार्वजनिक सुचना जारी गरेका थिए । पहिलो डोज लगाएर दोश्रोको लागि तिन महिना सम्म पर्खेका महिला एवं पुरुषहरु लामबद्ध भई खोप लगाउन पुगेको देखिन्थ्यो ।
कोभिशिल्डको दोश्रो खोप लगाउन पाउदा स्थानीयहरु खुशी हुँदै नेपाल सरकारलाई धन्यवाद समेत दिए । आफतको समयमा कोरोनाको खोप पाउनु निकै गाह्रो भएपनि सर्वसुलभ ढंगबाट लगाउन पाउदा महिला एवं पुरुषहरु हर्षित भए ।
निरन्तरको झरीको पर्वाह नगरी १८ पालिकाबाट आएका मानिसहरुलाई खोप लगाउने कार्य अहिले सम्म जारी रहेको रौतहट स्वास्थ्य कार्यालयको प्रमुख दिपेन्द्र यादवले जानकारी दिए । आज अन्तिम दिन भएको हुँदा अत्याधिक भिड भएको तर नेपाली सेनाको कमाण्ड क्षेत्रमा भएको हुँदा क्रमबद्ध रुपमा पालो कुर्दै सेवाग्रहीहरुले खोप लगाएको उनले स्पष्ट पारे ।
कोभिड संकट व्यवस्थापन नियन्त्रण समितिको संयोजक एवं प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गत साता चाइनिज खोप भेरोसिल लगाउनेहरुको त्यतीकै भिड थिए तर कोभिसिल्डको पहिलो डोज लगाइसकेकाहरुलाई अनिवार्य रुपमा त्यही खोप चाहिएको हुँदा उनीहरुको लागि नेपाल सरकार संग उपलब्ध भएका खोपका भायल जिल्लामा उपलब्ध गराएर नेपाली सेनाको वृदल गणमा खोप केन्द्र स्थापना गराई गौर नगरपालिकाको कर्मचारी, स्वास्थ्यकर्मीलाई परिचालन गरी छुटेकाहरुलाई खोप लगाइएको स्पष्ट पारे । अहिले सम्म खोप लगाउने कार्य जारी रहदा तिन दिनमा कति जनाले खोप लगाएको सोको जानकारी राति सम्म आउने उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार