60
Shares
काठमाडौँ, २९ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसदमा प्रस्तुत गर्ने बताएका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले शिक्षा ऐन सबैको चासोको विषय भएकाले सरकारले यसमा दृढताकासाथ काम गरिरहेको बताएका हुन् ।
मन्त्रालयमा धेरै कानुन निर्माण गर्नुपर्ने भएकाले केही समय रोकिएको बताए । उनले विद्यालयको पाठ्यक्रममा मनोपरामर्श सम्बन्धी व्यवस्था पाठ्यक्रम पुनः मूल्याङ्कन गरेर अघि बढने बताए ।
विद्यालयको पाठ्यक्रममा मनोपरामर्श सम्बन्धी व्यवस्थामा अहिले समिति सचिवले दिनुभएको तथ्याङ्क भयावह रहेका हुन् । यो मनोपरामर्श सम्बन्धी सामान्य कुराहरु त पाठ्यक्रममा छ तर त्यो भन्दा अलि सुधार गरेर यसलाई समाधान गर्ने ढङ्गले अघि लैजानुपर्ने अवस्थामा हामीले आवश्यक ध्यान दिनुपर्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन