सर्लाहीको सिमावर्ती क्षेत्रमा तिन वटा मोवाइलको टावर निर्माण हुने

   २९ बैशाख २०८०, शुक्रबार १७:०५  

राधेश्याम कुशवाहा
सर्लाही, २९ वैशाख । सर्लाही जिल्ला संग सीमा जोडिएका नेपाली क्षेत्रमा मोवाइल नेटवर्कको लागि तिन वटा टावर निर्माण हुने भएको छ ।
सर्लाही जिल्लाको क्षेत्र न. ४ (२) को सिमावर्ती क्षेत्रमा नेपाल टेलिकमको ३ वटा टावर निर्माण हुने भएको हो ।
प्रदेश सांसद फकिरा महतो को पहलमा क्षेत्र न. ४ (२) का ३ वटै स्थानिय तहको सिमावर्ती क्षेत्रमा एक–एक टावर निर्माण हुन लागेको बताइएको छ । बिष्णु गाउँपालिका वार्ड न.३ मधुवन बजार, गोडैता नपा वार्ड न.२ पिपरनाथ र बलरा नपा वार्ड न. ६ मिर्जापुरमा मोवाइल नेटवर्कको निकै समस्या रहेको हुँदा टावर निर्माण हुन लागेको साँसद महतोको निकट मानिने विजय महतोले जानकारी दिए ।
क्षेत्रवासीलाई नेटवर्कको समस्याबाट राहत पाउन र सबै जनतामा मोबाईल, इन्टरनेटको सहज पहुँच पुर्याउन टावर निर्माणका लागि पहल गरेको प्रदेश साँसद फकिरा महतोले बताए । क्षेत्रमा धरदैलो तथा जनतासंग भेटघाट गर्दा मोबाईलमा नेटवर्क नआउने र कहि आएपनि फोरजी नचल्ने जस्ता गुनासो सर्वधारणबाट पटक पटक आउने गरेका थिए, उहाँले भने ।
जनताको समस्यालाई समाधान गर्न जनप्रनिधिको पहिलो कर्तव्य रहेको बताउदै टावर निर्माणका लागि संचार तथा सुचना प्रविधि मन्त्रालयसंग पहल गरेपछि अहिले ३ वटा टावर निर्माण हुन लागेको छ । मैले क्षेत्रमा रहेका नेटवर्क समस्यालाई लिएर ९ वटा टावरको माग गरेका थिए, उहाँले भने । अहिले ३ वटा टावरको निर्माणका लागि स्विकृति भएको छ । बाँकी रहेका ६ वटा टावर समेत चाँडै स्विकृति पाउनेमा आशावादी रहेको उनले जिकिर गरे ।
सर्लाहीका सिमावर्ती क्षेत्रमा जनताहरु अहिले पनि मोबाईलमा नेटवर्क नआउने समस्याले पिडित रहेको स्थानियवासीहरु बताउँछन । मोबाईलमा नेटवर्क नआउने, आएपनि प्रस्ट कुरा नहुने, इन्टरनेट नचल्ने जस्ता समस्याले गर्दा सिमावर्ती क्षेत्रमा नागरिक पिडित रहेको स्थानिय हिमांशु सिंहले तराई टपलाई बताए ।
नेटवर्कको समस्याले गर्दा सिमावर्ती क्षेत्रका मानिसहरुलाई मोबाईलमा इन्टरनेट चलाउन भारतीय सिम जियो र एयरटेल प्रयोग गर्नुपरेको बाध्यता रही आएको उनको गुनासो रहेको छ । सिमावर्ती क्षेत्रमा नेपाल टेलिकमको टावर निर्माणले नेटवर्कसंग सम्बन्धि हरेक समस्यासंग सर्वसाधारणले राहत पाउने र मोबाईल इन्टरनेटबाट बाहिर रहेका नागरिकलाई सुचना तथा संचारमा पहुँच पुर्याउने अपेक्षा गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै