बाढी एवं डुवानमा फसेका नागरिकलाई सकुशल उद्धार गर्न प्रदेश स्तरिय संयुक्त अभ्यास वागमती स्थित तालमा

तराई टप संवाददाता
वागमती(सर्लाही), ५ असार । मनसुनी बर्षा पछि यहाँको नदीहरुमा आउने सम्भावित बाढी एवं डुवान क्षेत्रबाट मानिसलाई सकुशल उद्धार गर्ने उद्देश्यबाट प्रदेश नम्वर २ को आयोजनामा “जल उत्पन्न प्रकोप संयुक्त उद्धार अभ्यास (डेमो)” प्रदर्शन गरिएको छ ।
सर्लाही जिल्लाको वागमती नगरपालिकाद्धारा निर्माणाधिन १२१ विगहामा फैलिएको तालमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको विशेष तालिम प्राप्त टोलीद्धारा शनिवार विपदमा परेका मानिसलाई कसरी उद्धार गरी सुरक्षित स्थानमा ल्याउन सकिन्छ भने प्रदेश सरकारको आन्तरिक मामिला कानुन मन्त्रि ज्ञानेन्द्र यादवको उपस्थितिमा “जल उत्पन्न प्रकोप संयुक्त उद्धार अभ्यास (डेमो)” प्रदर्शन गरिएको हो ।
वाढीको समयमा नदी बीचमा रहेको टापुमा पनि केही मानिसहरु फसिरहेका हुन्छन् । उनीहरुले पनि उद्धारको लागि मद्दत मागिरहेका हुन्छन् । उक्त स्थानमा पनि सुरक्षाकर्मीको टोली ¥याफिङ्ग, मोटरबोट र डोरीको सहायताबाट पुगी सबैलाई सुरक्षित उद्धार गरेर सुरक्षित स्थानमा पु¥याउँछन् ।
डुबानमा परेकाहरुलाई उद्धार गर्न गएको सुरक्षाकर्मीको ¥याफिङ्ग खोला बीचमै पल्टिन्छ । जसको कारण सुरक्षाकर्मीको ज्यानै जोखिममा पर्छ तर, सुरक्षाकर्मीहरुले बडो मुस्किलका साथमा पल्टिएको ¥याफिङ्ग सुल्टो पार्छन् र उद्धार कार्यलाई निरन्तरता दिन्छन् । घाइतेहरुलाई तुरुन्त एम्बुलेन्समा हालेर अस्पताल पु¥याइन्छ । तर, यो दृश्य भने वास्तविक थिएन् । प्रदेश स्तरीय जल उत्पन्न प्रकोप संयुक्त उद्दार अभ्यास क्रममा देखाइएको कला मात्रै थिए । नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको संयुक्त टोलीले बाढी तथा डुबान परेको बेला कसरी उद्दार गरिन्छ, भनेर अभ्यास गरेको थियो ।
विपद सम्बन्धी डेमो कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्वर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले विपदको दृष्टिकोणबाट अति नै प्रभावित रहने गरेको यो प्रदेशमा विभिन्न विपदको जोखिम हरेक मौसममा कायमै रहने गरेको बताए । प्राकृतिक विपदलाई पूर्ण रुपमा रोक्न सकिदैन तर त्यसलाई न्यूनिकरण गर्न सकिने स्पष्ट पारे ।
प्रदेश नम्बर २ मा होचो भू–भाग रहेकाले वर्षेनी बाढी तथा डुबानको जोखिम सहनु परेकाले यस वर्षपनि त्यस्तै अवस्था आएमा स्थानीयको उद्दारको लागि पूर्व तयारीमा रहन तीनवटै सुरक्षा निकायको सहभागितामा संयुक्त उद्दार अभ्यास गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री यादवले बताए ।
सिमित साधन श्रोतबाट पनि प्रदेश २ को आठै जिल्लामा आइपर्ने विपदबाट ठूलो जनधनको क्षति हुन नदिन प्रदेश सरकार गम्भीर भएर विपद नियन्त्रण गर्न विपद व्यवस्थापन समितिको माध्यमबाट मोटरबोट, रवर बोट, लाइफ ज्याकेट सहितको उपकरणहरु सुरक्षाकर्मीलाई उपलब्ध गराईएको तथा ड्रोन क्यामराको मद्दतबाट बाढी एवं डुवानमा फसेका जनताहरुको अवस्थाको मोनेटरिंग गरेर उनीहरुलाई समयै उद्धार गर्ने व्यवस्थापन मिलाइएको बताए ।
सुरक्षाको तिन वटै निकायलाई तयारी अवस्थामा रहन आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले आग्रह गर्दै उत्कृष्ट गोताखोरको तालिम लिन वंगलादेश पठाउने तयारी गरिरहेकै समयमा कोभिड १९ ले बाधक बनेको हुँदा उक्त कार्य पुरा गर्न नसकिएको स्पष्ट पारे । जे भएपनि सिमित साधन श्रोतलाई परिचालन गरी प्रदेशको नागरिकलाई सुरक्षित राख्न तथा विपदलाई न्यूनिकरण गर्न प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताए । विपद सम्बन्धी डेमोष्ट्रशन कार्यक्रममा पर्सा देखि सप्तरी सम्मको ८ वटै जिल्लाको प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका सदस्यहरु, नेपाल प्रहरीको प्रदेश प्रहरी प्रमुख, सशस्त्र प्रहरीको प्रदेश प्रमुखख डिआइजी, स्थानीयत तहका प्रमुखहरु, जिल्ला समन्वय समितिको प्रमुख, वागमती नगरपालिकाको भरत थापा सहितको जनप्रतिनिधि, समाजसेवी, निर्माण व्यवसायीहरुको उपस्थिति रहेको बताइएको छ ।