70
Shares
मेक्सिको, १ जेठ । मेक्सिकोमा तमौलिपास राजमागमा मालबाहक ट्रेलर र भ्यान एकआपसमा ठोक्किँदा आगो लागेर २६ जनाको मृत्यु भएको छ ।
मालबाहक ट्रेलरलाई तान्ने अगाडिको भाग भने दुर्घटना स्थलमा भेटिएका छैन । दुर्घटनापछि चालक फरार भएको अनुमान भएको हो । दुर्घटना स्थल हेर्दा मृतकको संख्या बढ्न सक्ने अनुमान अधिकारीहरुले गरेका छन् ।
दुर्घटना स्थलमा भेटिएको परिचयपत्रको आधारमा दुर्घटनामा मेक्सिकोकै नागरिकहरु परेको अनुमान रहेका हुन् ।
अधिकारीहरुले दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन