काठमाडौँ, १ जेठ । नेपाल चिकित्सक संघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपालले सोमबार देखि चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ ।
संघका महासचिव डा.सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको शुल्कमा १४ प्रतिशत बढाइएको जानकारी दिएको हो ।
महासचिव तिवारीले चिकित्सकको नयाँ परामर्श शुल्क ९ सय ४० देखि ४ सय २० सम्म तोकिएको बताए । नयाँ शुल्क अनुसार ५ वर्षसम्म अनुभव भएका एमवीवीए तथा बीडीएस तहका चिकित्सकको शुल्क ४ सय २० र ५ वर्ष भन्दा माथि अनुभव भएकाको ५ सय १५ तोकिएका छन् ।
यस्तै अब ५ वर्षसम्म अनुभव भएका डिप्लोमा तहका चिकित्सकको ५ सय ९० र त्योभन्दा बढी छ भने ६ सय ७० तथा ५ वर्ष सम्मको अनुभव भएका एमडी, एमएस, एमडिएस तहका चिकित्सकको ७ सय ५० र ५ वर्ष बढी अनुभव भएको ८ सय शुल्क तोकिएका हुन् ।
पाँच वर्ष सम्मको अनुभव भएका डिएम÷एमसीएच तहका चिकित्सकको ८ सय ८० तथा ५ वर्ष भन्दा माथि अनुभव भएका एमडी÷एमसीएच तहका चिकित्सकको ९ सय ४० र दस वर्ष भन्दा माथिको अनुभव भएका एमडी÷एमएस÷एमडिएसका चिकित्सकको ९ सय ४० शुल्क निर्धारण गरिएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन