निषेधाज्ञामा परिमार्जन, गौर नाका बाहेक अन्य नाका बन्द, सबै सरकारी कार्यालय संचालन हुने गरी एक साता सम्म थपियो निषेधाज्ञा

   असार ७, २०७८  
451 Shares

तराई टप संवाददाता
रौतहट, ७ असार । कोभिड १९ को असर कम हुँदै जाँदा जिल्ला कोभिड व्यवस्थापन समितिले विगतको आदेशहरुमा परिमार्जन गरी असार १४ गते सम्मको लागि निषेधाज्ञाको अवधी थप गरेको छ ।


जिल्ला प्रशासन कार्यालय रौतहटमा जिल्ला कोभिड व्यवस्थापन समितिको संयोजक एवं प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको बैठकमा कोभिड १९ संकट व्यवस्थापन अध्यादेशको दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी विगतको आदेशमा धेरै परिमार्जन गरिदै आउदो असार १४ गते सम्मको लागि निषेधाज्ञालाई निरन्तरता दिइएको हो ।
अत्यावश्यक काम परेमा घरबाटा निस्कदा भिडभाड भएको स्थानमा नजाने कम्तीमा २ मिटरको दुरी कायम राख्नु पर्ने, स्वास्थ्यको माद दण्ड अपनाई स्थानीय तहहरु कर्मचारीको आलोपालो मिलाई भौतिक दुरी कायम राखेर सरकारी, सार्वजनिक, निजी कार्यालय÷ निकायहरुले सेवा प्रवाह कार्य गर्ने गराउने, सवै प्रकारको सभा, सेमिनार, गोष्ठि, सिनेमा हल, मल, सपिंग कम्पलेक्स, व्यूटीपार्लर, शैलुन, जिमखाना समुहमा हुने खेलकुद, पुस्तकालय, शैक्षिक संस्थाहरु, टिउसन सेन्टर संचालन गर्न नपाइने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रौतहटद्धारा जारी गरिएको प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।
होटल रेष्टुरेन्टहरु होम डिलेभरी मात्रै गर्न पाइने, कल कारखानाहरु सुरक्षाको मपदण्ड पुरा गरी संचालन गर्न पाउने, विकास निर्माणको कार्यलाई निरन्तरता दिने र गौर नाका बाहेक भारतबाट प्रवेश गरिने अन्य नाकाहरु पूर्ण रुपमा बन्द गर्ने, जिल्ला भित्र निजी सवारी साधनहरु संचालन गर्न पाउने तथा सार्वजनिक सवारी साधनहरु सुरक्षा अपनाई जोर विजोर प्रणाली अन्तर्गत जिल्ला भित्र संचालन गर्न पाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय रौतहटबाट प्रवाह गरिने सेवा सुविधाहरु असार ९ गते देखि आलोपालो सिष्टमबाट सुचारु हुने छ । आईतवार सोमवार गौर, राजदेवी, फतुवा विजयपुर र माधवनारायण नगरपालिका, मंगलवार र बुधवार बौधीमाई, देवाही गोनाही, राजपुर नगरपालिका, दुर्गा भगवती र यमुनामाई गाउँपालिका तथा विहिवार र शुक्रवार मौलापुर, कटहरिया, परोहा र इशनाथ नगरपालिकाको जनताहरुलाई सेवा प्रवाह गरिने मिलाईएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
कोभिड १९ बाट प्रभावित भएका रौतहट बासीहरुको हकमा कोभिडको असर कम हुँदै जाँदा निषेधाज्ञामा धेरै खुकुलोपना बनाइएपनि कोभिडको मापदण्डलाई पुरा गरेर मात्रै केही कार्य गर्न जिल्लाबासी संग आग्रह प्रजिअ यादवले गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै