रौतहट, १ जेठ । कत्र्तव्य ज्यान मुद्दामा आरोपित रहेका तीन जनालाई रौतहट जिल्ला अदालतले धरौटीमा रिहा गरेपछि पीडित पक्षहरुद्धारा अदालत र स्थानीय प्रशासन विरुद्ध आईतवार गौर स्थित अदालत अगाडी प्रदर्शन गरेका छन् ।
गढीमाइ नगरपालिका वडा नम्वर ८ धोविनिया गाउँमा बाटो चौडीकरणको विषयलाई लिएर गत बैशाख २ गते झै झगडा हुँदा गोली हानेर ५० बर्षिय राजकुमार राय यादवको हत्या भएको थियो ।
गोली प्रहार गर्ने श्याम भन्ने श्यामकिशोर रा यादव, निजकै दाजु रामबहादुर राय यादव, काकाको छोरा रामएकवाल राय यादव, भतिज दिनेश राय यादव समेतले गोली प्रहार गर्दा राजकुमार राय यादवको मृत्यु भएका थिए भने गोली लागेर निरञ्जन यादव, बालधर राय यादव, रामप्रताप राय यादव र कपिलदेव यादव घाइते भएका थियो ।
घटना पछि प्रहरीले श्यामकिशोर राय यादव, रामबहादुर राय यादव, रामएकवाल राय यादव, राम सेवक राय यादव, र दिनेश राय यादवलाई पक्राउ गर्न सफल भयो भने रामइश्वर राय यादव र राजेश्वर राय यादव फरार भएका थिए ।
इलाका प्रहरी कार्यालय गरुडाले आरोपितहरु माथि कत्र्तव्य ज्यान तथा हातहतियार कसुरमा मुद्दा चलाएर अदालत समक्ष मिसिल पेश गरे । शुक्रवार जिल्ला अदालत रौतहटको इजलाश नम्वर ६ मा माननिय न्यायाधिश गहेन्द्रराज पन्तको इजलाशमा सुनुवाई हुँदा पक्राउ परेका मध्ये रामएकबाल राय यादव, रामसेवक राय यादव र दिनेश राय यादवलाई धरौटीमा रिहा गर्ने आदेश दिए तर श्यामकिशोर राय यादव र रामबहादुर राय यादवलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएपछि पीडित पक्षहरु अदालतको यस्तो आदेशबाट पीडितहरु झन् पीडित भएको मृतकको श्रीमती अन्जु देवी यादवले बताइन् ।
आइतवार नेपाल पत्रकार महासंघ रौतहटको कार्यालयमा पत्रकार सम्मेलन मार्फत ठूलाबडा राजनीतिक दलको प्रभावमा प्रहरी, सरकारी वकिल र अदालतले आर्थिक सेटिंग गरेर गोली प्रहार गर्ने अभियुक्तहरुलाई तारेखमा छाडेपछि आफूहरु झन् त्रसित भएको छु, उनीहरु आर्थिक चलखेलको आधारमा पुन ः घटना घटाउने मनसायमा रहेको हुँदा तपाईहरु मार्फत त्यस्ता अपराधीहरुलाई कानुनी कठघेरामा ल्याइदिन मद्दत गर्नुस भन्दै अन्जुदेवीले संचारकर्मीहरु समक्ष गुहार लगाइन ।
हत्या गर्ने र हत्याको षड्यन्त्र गर्ने तथा मृतक र घाइतेलाई घेरा हाली गोली प्रहारमा सहयोग गरेको भिडियो समेत अदालतमा पेश गरिएको अवस्थामा दोषि करार गरी हदै सम्मको सजाय दिनुपर्नेमा अदालतले रिहा गरिदिएपछि हामी पीडितहरु थप अन्यायमा परेका छौं उनले भनिन । जघन्य अपराध गर्ने अपराधी तथा अपराधीलाई भगाउने काम गरेका तिनै जनालाई अदालतले रिहा गर्नु पैसाको चलखेल तथा पावर पदको दुरुपयोग गरेकोमा हामीहरु थप अन्यायमा परेको हुँदा पीडितहरुले छाड्नै नहुँने अपराधीहरुलाई छाडेकोमा न्याय परिषद् संग छानविनका लागि उनले मृतकको श्रीमती अन्जुले माग गरिन् ।
पत्रकार सम्मेलन पश्चात पीडित परिवारलाई गाउँका महिला तथा पुरुषहरु साथ दिदै जिल्ला अदलात अघि उक्त आदेश विरुद्ध विरोध प्रदर्शन गर्दै नाराबाजी गरेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन