67
Shares
जनकपुरधाम, १ जेठ । जनकपुरधाम उपमहानगरपालिकाले शुरु गरेको संस्थागत विद्यालयहरुको अनुगमनका क्रममा दुई वटा विद्यालय अबैध भएको छ ।
कक्षा १ देखि ४ सम्म अर्पण नामबाट अनुमति लिइ लिङकन सिटी स्कुलको नामले कक्षा ८ सम्म सञ्चालन हुँदै आएको अनुगमन समितिले जनाए । यस विद्यालयलाई शिक्षा ऐन २०२८ नियमावली २०५९ तथा नगर शिक्षा ऐन बमोजिम सो नाउँबाट संचालन नगर्न निर्देशन दिएको नगर उपप्रमुख किशोरी साहले जानकारी दिए ।
उनका अनुसार जनकपुरधाम ८ मा संचालित ग्रीन उड पब्लिक स्कुलको नाममा अनुमति प्रदान नभएको र कक्षा १ देखि ८ सम्म संचालनमा रहेको पाइएका छन् । सो नामको विद्यालय दर्तामै नरहेको पाइएका हुन् । यस विद्यालयलाई तत्काल बन्द गर्न निर्देशन दिइएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख अञ्जु पाण्डेले जानकारी दिइन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन