69
Shares
काठमाडौँ । प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी पक्राउ परेको सोमबार जानकारी पत्र प्रहरीले सभामुखलाई बुझाएको छ ।
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २ सय ४८ (१) बमोजिम सदनलाई रायमाझी पक्राउको जानकारी आजको बैठकमा गराउने कार्यक्रम रहेको सभामुखको सचिवालयले जनाएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतले पक्राउ पुर्जी जारी गरेको ११ दिनपछि रायमाझी आइतबार बेलुका काठमाडौँको बुढानीलकण्ठबाट पक्राउ परेका थिए ।
सोमबार उनलाई सरकारी वकिलको कार्यालयले अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौँ जिल्ला अदालत लगेका छन् । रायमाझी सँग यो प्रकरणमा १३ पक्राउ परेका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन