राजपुर घटनमा संलग्न सहनी प्रहरी नियन्त्रणमा

702 Shares

रौतहट, १७ असोज । गत १२ बर्ष अघि रौतहटको राजपुरमा भएको बम काण्डमा आरोपित प्रतिवादी फरार रहेको व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहटको बौधीमाई नगरपालिका–७ स्थित नेपाल–भारत सीमाको बड्की बंकुल क्षेत्रबाट बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ४ का ५५ बर्षीय बद्री सहनीलाई प्रहरीले पक्राउ गरेको हो । नेपाली काग्रेसका नेता अफ्ताब आलम पक्राउ परेपछि सहनी फरार भई भारतको मुजफ्फपुुर क्षेत्रमा लुकिछिपि बस्दै आएको प्रहरी स्रोतले जनाए ।
भारतीय स्पेशल टास्क फोर्सको सहयोगमा उनलाई शुक्रबार साँझ पक्राउ गरेर नेपाल ल्याइएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले सहनीलाई सिमावर्ति क्षेत्रबाट पक्राउ गरेको हो । भारतबाट नेपाल प्रवेश गरिरहेको विशेष सूचनाको आधारमा सहनीलाई पक्राउ गरिएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताए ।
घटना हुँदाको अवस्थामा सहनी इँटाभट्टाको हेड मिस्त्रीको रुपमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धनबाट खुलेको बताए । २०६४ चैत २८ मा संविधानसभा निर्वाचनको पूर्व संध्यामा राजपुर स्थित शेख इद्रिसको गोठघरमा बम बनाउन लगाएको र त्यसक्रममा विस्फोट भएको थियो । विस्फोटमा परी श्रीनारायण सिंहका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंह संगै तिन जनाको मृत्यु तथा १५–१६ जना घाइते भएको गरी २३ जनालाई इटाभटामा हालेर प्रमाण नष्ट गर्ने प्रयास गरिएको थियो ।
घटनापछि मृतक र घाइतेलाई इँटा भट्टामा हालेर जलाएको भन्दै श्रीनारायण राजपुतले दिएको जाहेरीका आधारमा प्रहरीले २६ असोज २०७६ मा कांग्रेस नेता आलमलाई पक्राउ गरेको थियो । उनी हाल पुर्पक्षका लागि थुनामा छन् । आलम पक्राउ परेको एक वर्ष पछि हेडमित्री सहनीले पक्राउ परेका हुन् ।

सम्बन्धित समाचार