यस वर्ष फिल्म किम्फ फेस्टिभल नहुने

   २ जेष्ठ २०८०, मंगलवार १४:१२  

काठमाडौं, २ जेठ । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) यस वर्ष नहुने भएको छ ।
किम्फले आधिकारिक वेबसाइट मार्फत सन् २०२३ को संस्करण रोकिएको जानकारी गराएको हो । सन् २०२४ को संस्करण आयोजना हुने जनाए ।
संस्था र फेस्टिभललाई नयाँ ढाँचामा लैजानुपर्ने भएको भन्दै किम्फले यस वर्ष कार्यक्रम नगर्ने निर्णय गरेका छन् ।
फेस्टिभल रोकिए पनि कार्यशाला, प्रशिक्षण, डकल्याब स्क्रिनिङजस्ता गतिविधि भने निरन्तर हुने जनाए । सन् २००० देखि आयोजना हुँदै आएको किम्फ कोरोना महामारीले समेत यस अघि प्रभावित भएको थियो ।
किम्फ निजी क्षेत्रले आयोजना गरेको नेपालको मात्र नभएर दक्षिण एसियाकै प्रतिष्ठित फिल्म फेस्टिभल रहेका हुन् । फेस्टिभल बर्सेनि डिसेम्बरमा आयोजना हुँदै आइरहेको थियो । सन् २०२४ देखि भने वसन्त ऋतुमा आयोजना गर्ने तयारी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै