फिल्म ‘पशुपति प्रसाद २’ बाट सौगात मल्लको पात्र लुक्स सार्वजनिक

काठमाडौं, २ जेठ । छायांकन भइरहेको फिल्म ‘पशुपति प्रसाद २’ बाट अभिनेता सौगात मल्लको पात्र लुक्स सार्वजनिक भएको छ ।
सौगातले आफ्नो यो चरित्रलाई लुकाउँदै आएका थिए । पशुपतिनाथ मन्दिर क्षेत्रमा छायांकन भइरहेको यो फिल्मको अब गीतको मात्रै छायांकन बाँकी रहेको हो ।
निर्देशक दीपेन्द्र के खनालले फिल्ममा सौगातको पात्र रोचक रहेको बताए । यसअघि भष्डे डनको भूमिकामा देखिएका विपिन कार्की र स्वस्तिमा खडकाको क्यारेक्टर अवतार सार्वजनिक भइसकेका छन् ।
विपिनको ‘भष्मे डन’ लुक्स सबैलाई जानकारी भएकै कुरा हो भने स्वस्तिमा दुर्गामाताको अवतारमा प्रस्तुत भएकी छिन् । आगामी साता फिल्मको छायांकन सकिने जनाए ।