गोरखा, २ जेठ । पालुङटार नगरपालिकाले सुत्केरी महिलाको लागि भान्सा घर कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
सुत्केरीको महिलाको पोषण अवस्था सुधारको लागि भन्दै चालु आर्थिक बर्षबाट कार्यक्रम लागू गरिएको हो ।
कार्यक्रम अन्तर्गत महिला सुत्केरी भएको २४ घण्टाभित्र दुई छाक पोषिलो खाना निशुल्क उपलब्ध गराइने स्वास्थ्य शाखा प्रमुख सिर्जना पोखरेलले बताइन् ।
कार्यक्रमको लागि चालु आर्थिक वर्षमा २ लाख रकम विनियोजन गरिएको नगरपालिका मेयर विवश चिन्तनले बताए ।
सुत्केरी भएको महिलालाई २४ घण्टा सम्म आमा र बच्चा दुवैलाई स्वास्थ्यकर्मीको निगरानीमा राख्दा स्वास्थ्य समस्यामा पनि कमी आउने भयो, फेरि दुई छाक पोषिलो खाना दिएपछि पोषणमा पनि केही सुधार हुन्छ भन्ने अपेक्षा हो’, उनले भने ।
स्वास्थ्य संस्थामा महिलाको सुत्केरी गराउनेलाई पालिकाले जनही ३ हजार थप रकम समेत उपलब्ध गराउदै आएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन