बिलबिजक भन्दा बढी मूल्य बराबरको बेरिंग सहित टयाक्टर नियन्त्रणमा

पर्सा, २ जेठ । बिलबिजक भन्दा बढी मूल्य बराबरको बेरिंग सहित टयाक्टरलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
श्रीपुरबाट खटिएको प्रहरी टोलीले बिलबिजक भन्दा बढी सामान सहितको ट्याक्टर आईसिपी गेट हुँदै वीरगञ्जतर्फ आउँदै गरेको सूचनाको आधारमा चेकजाँच गरि प्रहरी नियन्त्रणमा लिएको हो ।
वीरगञ्ज महानगरपालिका वडा नं. २५ चण्डाल चौक स्थित सडकखण्डमा चेकजाँच गर्दा बिआर ०५ जिए १९४६ नम्बरको भारतीय ट्याक्टरबाट विभिन्न किसिमका बेरिंग बरामद गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक गिरीका अनुसार बरामद बेरिंगलाई १८ लाख २२ हजार ३ सय ४७ रुपैयाँ मूल्यांकन गरिएका छन् ।