भाँचिएको पुल नबन्दा सर्वसाधारणहरु डाइभर्सनकै भर

तराई टप संवाददाता
रौतहट, ७ असार । निरन्तर रुपमा भईरहेको मनसुनी बर्षा भईरहेपनि रौतहट सदरमुकाम गौर पुग्न वरहवा खोलामा पुल भाँचिदा वटुवाहरुलाई डाइभर्सनकै भर पर्नु परेको छ ।
गौर चन्द्रपुर सडक खण्डको गौर नपा ४ स्थित बसपार्क नजिक निर्माणाधिन पुल भाँचिएपछि निर्धारित समयमा बन्न नसक्दा सर्वसाधारण जनता देखि लिएर उक्त बाटो हिड्ने सवारी साधनहरु डाइभर्सनै भर पर्नु परेको हो ।
आर्थिक बर्ष २०७३÷०७४ सडक डिभिजन कार्यालय चन्द्रपुरबाट साढे ६ करोडको आहवान गरिएको वोलपत्र कन्काई विल्डर्सले २२ प्रतिशत घटेर ठेक्का सकार गरेका थिए । २०७७ पुस मसान्त सम्म पुलको निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएपनि पुलको गलत डिजाईनको कारण पुलको कार्य ९० प्रतिशत सम्पन्न भईसकेपछि प्राविधिक गडवडीको कारण विचबाटै पुल भाँचिदा डेढ बर्ष देखि अल्पत्र अवस्थामा हुँदा सर्वसाधरण जनताहरु एवं सवारी साधनहरु डाइभर्सनकै सहारा लिनु परेको गुनासो स्थानीय बासीले गरेका छन् ।
निर्माण कम्पनीले सडक डिभिजन कार्यालयबाट ४ करोड २ लाख रुपैया भुक्तानी लिइसकेको देखिन्छ । गौर चन्द्रपुर सडक खण्डमा अत्याधिक सवारी साधनको चाप रहने गरेको छ तर पुलको तलबाट बनाइएको डाइभर्सनमा बर्षा याममा माथि बाट पानी वग्दा उक्त बाटो हिड्नेहरु निकै सास्ती खेप्नु परेको गुनासो स्थानीय गौरी शंकर यादवले गरे ।
बर्षा पछि आउने गरेको सम्भावित बाढीबाट उक्त डाइभर्सनबाट सवारी साधनहरु वाटोमै अल्पत्र भई ज्यान जोखिममा राखेर पैदल हिड्ने बटुवाहरु भर्यांगको सहारामा पुल पार गर्नुपर्ने बाध्यता कहिले सकिएला सम्बन्धित निकाय संग गौरबासीहरु प्रश्न गरेको समाजसेवी यादवले बताए ।
कन्काई विल्डर्सको फर्मको नामबाट ठेक्का सकार गरेका स्थानीय गौरका निर्माण व्यवसायी अरबिन्द जयसवालको अनुसार पुलको डिजाइन परिवर्तन गरिएको १३ प्रतिशत भियो आएको तर अहिले सम्म विभागमा उक्त डिजाइन स्वीकृत नुहँदा समस्या भएको बताए । गत फागुनको अन्तिममा पुल भत्काउन मौखिक आदेश प्राप्त भएको तर बर्षा याम सुरु भईसकेको हुँदा यसपाली पुल भत्काउन निकै गाह्रो भएको अर्को पुलको म्याद थप भएपछि आउदो असोज पछि काम सुरु गर्ने बताए ।
सडक डिभिजन कार्यालय चन्द्रपुरको प्रमुख नरेश प्रसाद केसरीले बरहवा खोलाको पुल डिजाइन र प्राविधिक कारणबाट भाँचिएको स्वीकार्दै गत फागुनमै भत्काउन निर्माण कम्पनीलाई मौखिक र लिखित रुपमा पत्राचार गरिएको बताए । कोभिडको कारण निर्माण कम्पनीबाट भत्काउने कार्य अघि बढेन, आजै विभागमा नयाँ डिजाइन स्वीकृत भइसकेको तथा पुलको भियो पनि भईसकेको हुँदा डिभिजन कार्यालयको कुनैपनि कमीकमजोरी नभएको स्पष्ट पारे । अत्याधिक चाँप रहेको उक्त सडकको पुल निर्माण नहुँदा स्वभाविक रुपमा जनताहरुलाई सास्ती खेप्नु परेको जानकारी दिदै डिभिजनबाट निर्माण कम्पनीलाई निकै कडाई गरिएको बताए ।