सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्यम, निजी विद्यालयको व्यापार घट्न थाले

   २ जेष्ठ २०८०, मंगलवार १५:४९  

काठमाडौं, २ जेठ । सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने थालेपछि स्वाभाविक रुपमा निजी विद्यालयहरुको व्यापार घटन थालेको छ ।
सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुले बोर्डिङ स्कुलसरहको शिक्षा आर्जन गरेपछि अभिभावकहरु महँगो शुल्क तिरेर आफ्नो बालबालिकाहरुलाई बोर्डिङ स्कुल पठाउनु भन्दा राम्रो सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको शिक्षातर्फ लैजाने अग्रसर भएको हो ।
सामुदायिक विद्यालयलाई घेर्ने रणनीतिमा उत्रिएका छन् । स्थानीय तहले समेत निजी विद्यालय सञ्चालकको दबाबमा सामुदायिक विद्यालयलाई हतोत्साही बनाउने भूमिका निर्वाह गर्न थालेका छन् ।
भीमदत्त नगरपालिकाले जारी गरेको सूचनामा सामुदायिक विद्यालयलाई कुनै पनि बहानामा शुल्क नलिन भनिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै