53
Shares
काठमाडौं, २ जेठ । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको घटाएर नेपाल आयल निगमलाई मूल्यसूची पठाएको छ ।
भारतबाट डिजेलको मूल्य प्रतिलिटरमा ८ रुपैयाँ बढी र पेट्रोलको मूल्य करिब साढे ९ रुपैयाँले घटाएर पठाएको हो ।
मंगलबार प्राप्त भएको नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटरमा ८ रुपैयाँ बढी र पेट्रोलको मूल्य करिब साढे ९ रुपैयाँले घटेर आएको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जनाए ।
आईओसीले डिजेटल र पेट्रोलको मूल्य हरेक १५ दिनमा र अन्य पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची १÷१ महिनामा पठाउने गरेका छन् ।
सञ्चालक समितिले उपभोक्ता मूल्य घटाउने वा नघटाउने निर्णय गर्ने उनले बताए । हाल डिजेलको उपभोक्ता मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ र पेट्रोलको १ सय ७५ रुपैयाँ कायम रहेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन