67
Shares
काठमाडौँ, २ जेठ । नेकपा माओवादी केन्द्रका संसद हितराज पाण्डेले समितिलाई सुरुवात देखि व्यवस्थित बनाउन आवश्यक पहल गर्ने बताए ।
मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समितिले नतिजा दिनेगरी काम गर्न आवश्यक रहेको उल्लेख गरेको हो ।
सांसद पाण्डेले समितिको अनौपचारिक विषयहरुमा संवेदनशीलताको ख्याल गर्नुपर्ने आग्रह गरेका छन् ।
औपचारिक विषयहरुलाई व्यवस्थित बनाउन जरुरी रहेको उनले बताए ।