भन्सार कर्मचारीको सेटिंगमा गोरख धन्धा, गोप्य रुपमा आधा मूल्यमा रासायनीक मलखाद्यको लिलामी

166 Shares

रौतहट, २ जेठ । सुरक्षाकर्मीहरुद्धारा ठूलो परिमाणमा बरामद गरेर गौर भन्सार कार्यालयमा बुझाइएका रासायनिक मलखाद्यलाई प्रक्रिया मिचेर तस्करलाई बुझाइएको बजार भरी हल्ला फिजिएको छ ।
कार्यालय प्रमुख बासुदेव नेपाल घर विदामा बसेकै वेला भन्सार कर्मचारीहरुले फास्ट ट्रयाकबाट लिलाम प्रक्रिया अगाडी बढाएका थिए । भन्सार प्रमुख नेपाल कार्यालय पुग्ने बेलुकी पख लिलामीको प्रक्रिया अगाडी बढाएको भन्सार श्रोतबाट थाहा भएको हो । भन्सार कर्मचारीहरु रासायनिक मलका कारोवारी संग आन्तरिक सेटिंग मिलाएर गोप्य रुपमा लिलामी प्रक्रियालाई भन्सार प्रमुख नेपालले सोमवार वेलुकी हस्ताक्षर गरेर बैधानिकता दिएको ति श्रोतले बतायो ।
सेटिंगमा गरिएको लिलामी प्रक्रियाहरुमा थुप्रै त्रुटिहरु फेला परेका छन् । गत शुक्रवार नेपाल प्रहरीले युरिया ८०३ बोरा, डिएपी ४७९ बोरा र पोटास २४ बोरा राजपुर नगरपालिका वडा नम्वर ५ मा रहेका अबैध मलखाद्यको गोदाममा छापा हानेर बरामद गरेका थिए ।
नेपाल प्रहरीले उक्त रारायनिक मलको २० लाख २ हजार ८६० मूल्याँकन कायम गरेर आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा शुक्रवार राति जिम्मा लगाएपनि प्रतिवेदन आईतवार जिल्ला प्रहरी कार्यालय रौतहटले बुझाएको थियो । भन्सार कार्यालयमा मुद्दा हेर्ने कार्यालय प्रमुख नेपाल घर विदामा रहदा लिलामी प्रक्रिया उठाउनुनै ठूलो चुक भएको भन्सार श्रोतले बतायो ।
जय माता दी जेनरल सप्लायर्स गौर, जेएमडी सप्लायर्स गौर दुबै फर्मको कृषि एवं विज भण्डार एवं रासायनिक मलको कारोवार गर्न इजाजत नभएपनि कर्मचारीहरुले प्रक्रियामा दुबै फर्मलाई समावेश गरेको थियो । बिज भण्डारको इजाजत विना त्रुटिपुर्ण कागजात हुदाहुदै भन्सार कर्मचारीले लिलाम प्रक्रियामा समावेश गराएका छन् । तेश्रो फर्म जय माँ दुर्गा इन्टरप्राइजेजको कारोवार गर्ने फर्म दर्ता भएकोले धरोटी रकम नगद नै नबुझि गोप्य रुपमा लिलाम दिएका छन् ।
गौर भन्सार कर्मचारीको आन्तरिक सेटिङमा बिसलाखको मलखाद्य आधि मुल्यमा लिलाम भएको तथ्यहरु बाहिरीन थालेपछि कर्मचारीले भन्सार कार्यालयको राजश्व खातामा राति ८ बजेर १ मिनेटमा कबोल गरेका रकम १० लाख २ हजार दाखिला गर्न लगाई रातारात कार्यालयबाट मलखाद्य उठाउन लागएको स्थानीयको भनाई छ ।
भन्सार कार्यालयमा जडान भएको सीसीटीभी क्यामरामा राति मलखाद्यहरु उठाएको प्रमाणहरु यथेष्ट रुपमा रहेको छ । सर्वसाधारणको लागि १० बजे भन्सार कार्यालयको ढाँट बन्द हुने तर तस्करहरुलाई रातभरी सामान लैजाने छुट गौर भन्सार कार्यालयमै देखिएको ति श्रोतले बताए ।
गौर भन्सार कार्यालयमा रासायनिक मलखाद्यको लिलामी भईरहेको थाहा पाएपछि गुप्ता ट्रेडर्स र गुप्ता इन्टरप्राइजेजका किलियरिंग एजेन्टहरु सोध्न जाँदा त्यहाँका सुचना अधिकृत रेवती रोक्काले आज लिलाम हुँदैनन भोली हुन्छ भन्दै सोमवार उनीहरलाई कार्यालय बाहिर पठाएर जय माता दी जेनरल सप्लायर्सका प्रापराइटर पवन साह गुप्ताको सेटिंगमा २० लाखको मलखाद्य १० लाख दुई हजारमा गोप्य तवरबाट लिलामी गराएको भन्सार श्रोतले गम्भीर आरोप लगाए ।
गोप्य लिलामीमा जय माता दी जेनरल सप्लायर्सले ९ लाख, जेएमडी सप्लायर्सले १० लाख र जय माँ दुर्गा इन्टरप्राइजेजले १० लाख २ हजार मूल्य राखेपछि जय माँ दुर्गालाई उक्त लिलामी परेका थिए । ऐनले स्पष्ट रुपमा भन्छन् लिलामीको लागि बोल कबोल गर्दा धरौटी रकम नगद राख्नु पर्छ तर ति सबै प्रक्रियालाई मिच्दै आन्तरिक सेटिंगको आधारमा लिलामी भएको चर्चाको बिषय बनेका छन् ।
यस विषयमा गौर भन्सार कार्यालयका सूचना अधिकारी रेबती रोक्काले भन्सार ऐनमा स्पष्ट रुपमा उल्लेख गरिएको छ की, सड्ने, गल्ने लगायत तत्कालै खराब हुने बस्तुहरुको सोही दिन वा २४ घण्टा भित्रमा लिलामी गरिसक्नु पर्ने छ । त्यसैले हिजो नै लिलाम गरेको र पार्दर्शी गरेका छौं उनले भने । तर सूचना अधिकारी रोक्का माथि विश्वास गर्ने आधारहरु देखिएन ।
भन्सार प्रमुख विदामा रहेको वेला कसरी लिलाम गराउनु भयो प्रश्नको जवाफमा सूचना अधिकारी रोक्काले केही बोल्न सकेनन । स्मरणीय छ की, भन्सार प्रमुख बासुदेव नेपाल सोमवार साँझ ५ बजे गौर आएपनि लिलामी २ देखि ४ बजे भएको कागजातबाट देखिएको तर गोप्य ढंगबाट एउटा कोठामा बसेर नक्कली प्रमाणको आधारमा प्रक्रिया पुरा गर्नु कतिको न्यायोचित हो स्थानीय  व्यापारीहरुले सम्बन्धित निकायहरु संग प्रश्न गरे ।
गौर भन्सार कार्यालयका प्रमुख बासुदेव नेपालले आफू यहाँ नरहेको मलाई केही थाहा छैनन्, मुद्दा फाँटमा गएर सम्पर्क गर्नुस भन्दै पन्छिए ।
लिलाम भएको रासायनिक मलखाद्य राजपुर नगई चन्द्रपुर गोदाममा पुग्यो
भन्सार कार्यालयबाट जय माँ दुर्गा इन्टरप्राइजेज राजपुरले सकार गरेको रासायनिक मलखाद्य राजपुर नगई सिधै चन्द्रपुरमा रहेका व्यापारिक गोदाममा भण्डारण गरिएको श्रोतको दाबी छ ।
जब ऐनमा स्पष्ट रुपमा उल्लेख गरिएको छ जहाँको फर्मले लिलामी सकार गरेको छ त्यही लैजानुपर्ने तर भन्सार नै सेटिंगमा आउदा नीयम कानुनलाई होच्याउदै सुरक्षाकर्मी अघिबाट १३ सय बोरा रासायनिक मल चन्द्रपुर पुगेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार