why is my pcr test taking so long to come back - why is my pcr test taking so long to come back download zoom pp zoom cloud meeting app review zoom app nude zoom meeting login join meeting online free download zoom cloud meeting app download pc windows 10 - zoom cloud meeting app download pc windows 10 download zoom for hp sound not working on zoom windows 10 - sound not working on zoom windows 10

रिना, कुश्वाहा सहित माओवादी केन्द्रबाट १४ निर्वाचित जनप्रतिनिधि निष्काशित

   ७ असार २०७८, सोमबार १७:५६  

तराई टप संवाददाता
रौतहट, ७ असार । नेकपा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका २ नगरप्रमुख सहित १४ जनालाई माओवादी केन्द्रले कारवाही गरी निर्वाचन आयोगलाई जानकारी गराउन तयारीमा जुटका छन् ।
माओवादी केन्द्रको भर्चुअल प्रविधिको माध्यमबाट बसेको केन्द्रीय समिति बैठकले उनीहरुलाई पार्टीबाट निस्कासन गर्ने निर्णय गर्दै निर्वाचन आयोगलाई जानकारी गराउने तयारी गरेका हुन् ।
माओवादीबाट निर्वाचित भएको तर पछिल्लो समयमा स्वार्थवस एमालेमा गएकाहरुलाई साधारण सदस्य नरहने गरी हटाइएको छ । बैठकले २ नगर प्रमुख, ६ उपप्रमुख, १ नगरपालिका सदस्य, १ गाउँपालिका अध्यक्ष, ४ वडाअध्यक्ष गरी १४ जनालाई कारवाही गरेको बताइएको छ ।
मौलापुर नगरपालिका प्रमुख रिना कुमारी साह, कटहरिया नगरपालिका प्रमुख सियाराम कुश्वाहा देवाही गोनाही नगरपालिका उपप्रमुख परिनया देवी पटेल, मौलापुर नगरपालिका उपप्रमुख गौरीशंकर प्रसाद जयसवाल, फतुवा विजयपुर नगरपालिका उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिका उपप्रमुख सिमलकुमारी साहलाई कारबाही गरी माओवादीबाट निस्कासन गरेका छन् ।
यस्तै रौतहट बाहेक अन्य जिल्लाका १ नगरपालिका सदस्य, १ गाउँपालिका अध्यक्ष, ४ वडाअध्यक्षलाई पनि माओवादीबाट निस्कासन गर्ने निर्णय गरिएको छ । उनीहरु सबै माओवादीमा नरहेको जानकारी निवार्चन आयोगलाई दिने तयारी भएको माओवादी केन्द्रले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै