प्रधानमन्त्रीलाई भेटी ७ बुँदे ज्ञापन पत्र बुझाए

75 Shares

काठमाडौँ, ३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ ।
संस्थाका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई भेटी ७ बुँदे ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा नेपालमा विभिन्न संचार गृहहरूमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरूको हक हितको लागि सरकारका तर्फबाट आवश्यक सहयोग प्राप्त होस् र फोटो संग्राहलयको लागि जग्गा भवन उपलब्ध गराइदिन भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएका छन् ।
फोटो पत्रकारिताको माध्यमबाट जीविकाउपार्जन गर्ने सम्पूर्ण पत्रकारहरूको बिमा सुरक्षा र हरेक वर्ष प्रदान गरिने राष्ट्रिय मानपदवी अथवा प्रबल जनसेवाश्री पदकमा फोटो पत्रकार विधा समावेश गरी फोटो पत्रकारहरूलाई पनि योगदानको आधारमा राष्ट्रले सम्मान गरोस ज्ञापन पत्रमा उल्लेख गरिएका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार